Friday, March 10, 2017
Browse » Home » » LIVE CRICKET NEPAL VS KENYA
LIVE CRICKET NEPAL VS KENYA
News Update | 11:27 PM |
काठमाडौं, फागुन २८ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । केहीबेरमा नेपालको ब्याटिङ सुरु हुनेछ ।
खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिच शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो । शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले समस्या आएको थियो ।
नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।
अम्पायरले पिच र मैदानको अवस्था निरीक्षण गरेपछि शनिबार नै खेल हुने निर्णय गरका थिए । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।
नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । त्यस्तै समान आठै खेल खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।
केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेलपछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको थियो । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको हो ।
LIVE CRICKET MATCH LIVE CRICKET MATCH LIVE CRICKET MATCH
Khadka underwent surgery after being admitted to Grande hospital in mid-February by using a “recurrent appendicitis with intestinal obstruction” and missed Nepal’s tour of Noida, India, recently. Nepal won two of three friendly matches in India. Khadka has since joined they in Kathmandu and this is undergoing light training but doubts remain on his inclusion typically the playing XI.
The influential Nepal skipper Khadka, however, said the team is observing his progress and will decide on his role probably on Friday. “I am getting better along with the body is responding really well inside the last few days,” said Khadka. The Nepal skipper told me that even if he has unable to play, Nepal have enough firepower to beat any opposition given that everyone takes their responsibility properly.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment