Friday, March 10, 2017
Browse » Home » » ५१ हजार सर्प समातेकी यी हुन् स्नेक दिदी
५१ हजार सर्प समातेकी यी हुन् स्नेक दिदी
News Update | 9:52 PM |
सर्प देख्दा मात्र होइन सर्पको बारेमा कुरा गर्दाखेरी नै जिउ जिरिंग हुने मान्छे धेरै हुन्छन् । तर स्नेक दिदी नामले चर्चित यी महिलाले भने अहिलेसम्म ५१ हजारवटा सर्प समातिसकेकी छिन् । भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडे विषालु सर्पलाई आफ्नो साथी ठान्छिन् ।
१२ वर्षकी हुँदादेखिन् सर्प समाउने काम गर्न थालेकी विनिताले अहिलेसम्म आधा लाख भन्दा बढी वटा सर्प पक्रिसक्दा पनि उनलाई अहिलेसम्म कुनै सर्पले डसेको छैन ।
अझ अनौठो कुरा त के भने उनले सर्प समाउन सर्पको पछि पछि कुँद्नु पर्दैन, सर्प नै उनीतिर आउँछन् । सर्प जति नै ठूूलो र विषालु होस् वनितालाई देखेपछि उनीतिर आउँछन् ।
वनिताले सर्प देख्नेवित्तिकै त्यो विषालु भए नभएको पत्तो पाउँछिन् । आफ्नो मोबाइलको प्रकाशको सहायताले मात्रै पनि उनले कैयन् सर्प समातिसकेकी छिन् ।
सहरमा कसैले खतरनाक सर्प देखेमा समाउनका लागि वनितालाई नै फोन गरेर बोलाउँछन् । वनिताले कुनै हतियार विना नै सर्प समाइदिन्छिन् अनि सर्पलाई सुरक्षित रुपमा जंगलमा लगेर छाडिदिन्छिन् ।
सुरुमा त मानिसहरुले वनिताले जादु गरेर सर्प समाउने गरेको लख काटेका थिए । तर विस्तारै मानिसहरुले उनको क्षमता बुुझे र उनलाई वास्तविक सर्प दिदी भन्न थाले ।
वनिता बाल्यकालदेखि नै आफ्ना आदिवासी साथीहरुसँग जंगलमा घुम्ने मौका पाइन् । नदीको पानीमा माछा पक्रिँदा पक्रिँदै उनले सर्प समाउन सिकिन् । बिहेपछि उनले पतिबाट पाएको प्रेरणाले आफ्नो शौखलाई पेशामा बदलिन् । उनले बालबालिकाहरुलाई सर्प पक्रिने तालीम पनि दिन्छिन् ।
सर्पलाई नयाँ जिवन दिने वनितालाई राज्य सरकारले कैयौँ पटक सम्मानित गरेको छ । उनको जिवनी पाठ्यक्रममा पनि राखिएको छ । एजेन्सी
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment