साउदी अरब र कुवेतमा नेपाली महिलाहरूलाई कसरी शोषण गरिन्छ, के कस्ता दुख, पीडाहरू खेप्नुपर्छ, यी घरेलु महिलाहरूले के पाउंछन र के गुमाउंछन भन्ने जिवन्त कथा बोकेकी छिन चन्द्रकला लिम्बुले । अरू धेरै नेपाली महिलाहरूले यी मुलुकहरूमा आइ भोग्नुपरेको जस्तो यौन अपराधको Iशिकार बन्नु नपरे पनि यिनको पछिल्लो रोजगारीमा जुन घरेलु हिंसा खपिन त्यो कम्ति पीडादायी छैन ।
लाउं लाउं खाउं खाउं भन्ने उमेरमा २ पटक साउदी र १ पटक कुवेत आएर ६ बर्षभन्दा बढी अरबीहरूको ‘दासी’ बनी मनभरी शारीरिक र मानसिक पीडा संगालेकी चन्द्रकलाले अब भने बिदेश कहिल्यै नआउने निधो गरेकी छिन । एनआरएनए साउदी अरबका महासचिव पुरूषोत्तम श्रेष्ठले गतः २९ डिसेम्बर २०११ बिहानै ५ बजे दमामको दानास्थित साउदीको घरबाट उद्धार गरी नेपाली दूतावास रियाद पुर्याउने क्रममा यिनीसंग भएको मेरो भेटवार्तामा उक्त कुराहरू बताएकी हुन । प्रस्तुत छ यिनै चन्द्रकलासंग भएका अन्य कुराकानीका प्रमुख अंशहरूः
तपाई कहिले आउनुभएको हो साउदी ?
– २७ महिना भयो ।
पहिलो पटक हो कि ?
– होइन, पहिला पनि आकि थिएं, हायलमा २ बर्ष काम गरेर फर्केकी हुं ।
किन आउनुभयो पटक पटक साउदी ?
– के गर्नु, घरमा समस्या थियो ।
कस्तो समस्या ?
– श्रीमानले संधै जांड रक्शी खाएर कुटपिट गर्थे, छोडपत्र गर्न खोज्दा पनि पुलिसले मिलाइदिए, घरमा बसिसक्नु थिएन ।
अहिले कस्तो छ नि श्रीमानसंग तपाईको सम्बन्ध ?
– दुई तिन बर्षै भयो, कुनै सम्पर्क नै छैन । पहिलाकी श्रीमतिसंगै बसेको भन्ने सुनेकी छु ।
छोरा छोरी पनि छन कि ?
– दुई छोराहरू छन, ८ र ५ बर्षका, ३ र २ मा पढछन फुपुसंग बसेर
घर कहां हो नि तपाईको ? – मोरङ – १ पथरी (बजार)
घर जग्गा त होला नि ?
– घर छैन, १ कट्ठा जग्गा छ पथरी बजारमा, त्यो पनि सरकारी (ऐलानी)
यहां कसले पठाएको ?
– पहिलो चोटी साउदी आउंदा र पछि कुवेत जांदा चै पथरी शनिश्चरेकै तेजु राईले पठाको हो, अहिले दोस्रो पटक साउदी आउंदा चैं बेलबारीकी सम्झना लिम्बु (मोबाइल ०० ९७७ ९७४२०२७३७४)ले
ए कुवेत पनि पो जानुभो छ त!
– हो त, मलाई पहिला नै दलालले कुवेत भनेर साउदीको हायलमा पठाको हो । पछि त्यही दलालले कुवेत पठायो र डेढ बर्ष कामगरी कुवेतबाट फर्केकी हुं ।
कुवेतमा कस्तो थियो तपाईको रोजगारी ?
– कमाई चित्त बुझ्दो नभए पनि त्यहां मैले खासै दुख भने पाइन, शायद म बुढा बुढी मात्र बस्ने घरमा परेकोले पनि होला । तर धेरैको बेहाल थियो त्यहां पनि । राम्रो कुरा एउटा के थियो भने आपद बिपद पर्दा संरक्षण दिने नेपाली पनि थिए त्यहां । लुलु सुपरमार्केटमा राम्रो पदमा रहेका मान बहादुर गुरूङले दुख पाएका नेपाली महिलाहरूलाई सुपरमार्केटभित्रै सानोतिनो काम दिएर आश्रय दिने गर्नुहुन्थ्यो ।
दलाल तेजु राईलाई कति रकम दिनुपर्यो ?
– (रू.) ३५ हजार
तेजुलाई अहिले भेट्न सकिन्छ होला ?

– सकिन्न, उ त अहिले बेपत्ता छ । मजस्तै कति महिलाहरूलाई बिदेश पठाउने भनेर पैसा लिएछ, पछि उडाउन नसकेपछि तिनीहरूका आफन्तहरूले घरमै आएर बेस्सरी कुटेर हातै भांचिदिए, त्यसपछि भागेको अहिलेसम्म घर फर्केको छैन ।
सम्झना लिम्बु (दोस्रो पटक साउदी पठाउने दलाल) चैं अहिले कहां छिन नि ?
– उ त टन्न पैसा कमाएर अहिले बेलबारीमा सुन चांदीको गहना पसलको मालिक्नी
अनि अहिले पनि गर्छिन सम्झनाले महिला दलाली?
– गर्छेहोली नि, उसको काम त्यो क्षेत्रका महिलाहरूलाई भारतको सिलिगुडीसम्म पुर्याउने हो । सिलिगुडीबाट अर्का दलाल बद्री क्षेत्रीले मुम्बई पुर्याउंछन ।
मुम्बईमा पनि छन नेपाली दलाल?
– छन, त्यहां त अफिसनै छ नि उनिहरूको (ब्यागबाट कार्ड निकाल्दै) यी यो हो त्यो अफिसको कार्ड ।
यो कार्ड त कुनै ब्यापारिक प्रतिष्ठानको जस्तो लाग्दछ !?
– नाम जे भए पनि त्यही हो मुख्य दलाल (भारतीय) को अफिस, नेपाली दलाल(हरू) ले पनि त्यहीं काम गर्छन ।
सम्झनाले कति लिइन नि तपाईसंग?
– (रू.) १० हजार
पछिल्लो पटक साउदीको कुन ठाउंमा आउनुभो ?
– अलहासामा
कस्तो थियो त्यहां ?
– एकदमै दुख पाएं नि, साहुनिले संधै कुटिरहने, कुटदा कुटदा मेरो एउटा दांतै झारिदिइन, अरू धेरै दांतहरू पनि हल्लिने भएका छन, बिहानपख सुतेर उठ्दा संधै मुखमा रगत जम्दछ, खान पनि दिनमा १ छाक मात्र पाइने त्यो पनि बचेको बासी भात । एकदिन त (फ्रोजन) चिकनको डल्लोले मेरो टाउकोमै हानिन, गहिरो चोट लाग्यो, रन्थनिए र धेरै दिनसम्म दुखी रह्यो ।
किन हानेको होला नि चिकनको डल्लोले ?
– फ्रिजमा ऊंटको, बाख्राको, कुखुराको मासु थियो, पाहुना आएका थिए, मैले कुन मासु पकाउने होला भनी के सोधेकी थिए, साहुनी रिसाएर “यत्ती पनि बुझ्दैनेस?” भनी चिकेनको डल्लोले हानिनी ।
अरू…?
– तलब पनि नदिने, साहुनीलाई भन्दा साहुसंग माग भन्ने अनि साहुसंग माग्दा फेरी त्यही साहुनीले नै ‘मेरो बुढासंग किन बोलिस?’ “हराम” भन्दै फेरी पिटने । मुश्किलले १७ महिना गुजारे त्यहां, तलब चैं ७ महिनाको मात्र पाएं । त्यसपछि त्यही साहुले नै अर्कोकोमा पठायो ।
त्यहां कस्तो रह्यो नि ?
– त्यहां पनि उस्तै, ४ दिनमा १ छाक मात्र भात खान पाइने, अरू दिन बिहान एउटा खबुस (रोटी), बेलुका एउटा खबुस (सुख्खा) खाएर गुजारें । पहिला जे गर्दा पनि गाली गर्ने, पिट्ने, चोरीको आरोप लगाइरहन्थ्ये, पछि मुश्लिम बने पछि भने अलि राम्रो ब्यवहार गर्न थाले ।
ए तपाई मुश्लिम बनिसक्नुभो ?
– बनाए नि, अहिले त मलाई ‘जमिला’ भन्छन । मुश्लिम बनेपछि घडी, क्यासेट प्लेयर र ३०० रियाल उपहार पनि दिए । नेपालमा प्रौढकक्षा मात्र पढेकी मलाई यहां कुरान पढ्ने बनाए, अहिले अरबिक सबै बुझ्दछु र राम्रो बोल्न पनि सक्दछु ।
त्यसो भए दोस्रो घरमा त सबै राम्रो भयो होला नि तपाईलाई है ?
– राम्रो त के हुनुनी, तलब नै नदिनी, त्यो घरमा झन ७ महिना काम गरेर १ महिनाको मात्र तलब पाएं । त्यसैले त्यसपछि अलहासा शहर नै छोडी दमाम आएकी हुं ।
अनि दमाममा कति बस्नुभो र कस्तो भयो यहां चैं ?
– यहां त झन जम्मा ३ महिनामा ५ घर फेर्नुपर्यो । कसैले हप्ताको २० रियाल, कसैले ३० रियाल दिए ।
अहिले कति छ त तपाईसंग साथमा ?
– २०० रियाल
अनि अब घर कसरी फर्किनुहुन्छ त, यतिले त नेपाल फर्किने टिकट आउंदैन त ?
– हुनत मेरो आफ्नै दाजु राज कुमार लिम्बु नै जुबैलमा हुनुहुन्छ तर वहांको पनि तलब ५०० रियाल मात्रै हो क्यारे, त्यो पनि कम्पनीमा कहिले काम हुन्छ कहिले हुंदैन रे । अब अरू पनि केही दाईहरू हुनुहुन्छ, वहांहरूले सहयोग गर्नुहुने आसामा छु ।
अन्तमा तपाईको यो उद्धार कसरी सम्भव भयो, यस बारेमा केही बताइदिनुस न
– काभ्रेका एक जना मित दाईले सरस्वति (मजस्तै काम गर्ने) लाई चिन्नु भएको रहेछ, सरस्वतिसंग NJPM (नेपाली जनप्रगतिशिल मञ्च)का सानु तामाङको नम्बर रहेछ, सानु तामाङले नेपाली दूतावासका सागर सर (दूतावासका द्वीतिय सचिव)संग कुरा गरिदिनुभयो अनि सागर सरले उहां (पुरूषोत्तम श्रेष्ठ, दूतावासका अबैतनिक दमाम प्रतिनिधी लाई देखाउंदै)लाई भन्नुभएछ, उहां आज बिहानै (साउदी मालिक मालिक्नी सुतिरहेकै बेला) आउनुभयो, म भागेर वहांसंगै आएं ।
गतः ३० डिसेम्बरमा नै चन्द्रकला लिम्बुलाई एनआरएनए साउदी अरबका महासचिव तथा दूतावासका पुर्बी क्षेत्र प्रतिनिधि पुरूषोत्तम श्रेष्ठले आफ्नो परिवार संगै गाडीमा राखी नेपाली दूतावास रियाद पुर्याउनुभएको हो गतः १५ जनवरीमा उनी स्वदेश फर्किसकेको दूतावासले जनाएको छ । सोही दिन (३० डिसेम्बरमा) मा नै बसेको एनआरएनए साउदी अरबको सातौं बैठकको निर्णय बमोजिम चन्द्रकलाको दांतको उपचारका लागि भनी रू. ५ हजार दिएको छ ।
प्रस्तोताः धरम के.सी. (dharamkc@yahoo.com)

0 comments:
Post a Comment