महेन्द्रनगर, २६ फागुन । कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै सदरमुकाम महेन्द्रनगरमा जुलुश प्रदर्शन भएको छ ।
विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।
यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।
यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।
कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै सदरमुकाम महेन्द्रनगरमा जुलुश प्रदर्शन भएको छ ।
विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।
यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।
यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।
विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।
यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।
यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।
Ki war ki par.. Ki ladera marau haina vani America banam.. Din Dinai Bharat ko atyachar sayera nabasam
ReplyDelete