Saturday, April 1, 2017
Browse » Home » » भर्खर जन्मेको शिशुलाइ दस्टबिनबाट उठाउने देवताका रुपमा कुकुर आएपछी.. (भिडियो)
भर्खर जन्मेको शिशुलाइ दस्टबिनबाट उठाउने देवताका रुपमा कुकुर आएपछी.. (भिडियो)
News Update | 9:08 AM |
चैत १९ – केहि मानिसहरुलाई यी तस्बिर विभत्स लाग्नेछन् । तर अरब देश ओमानको सडकमा कैद भयो यो फोटो आजकाल निकै विशेष कारणले चर्चामा छाइरहेको छ । एक भोको कुकुरले सडक किनारामा राखिएको डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो तर पछि कुकुरले जे गर्यो, त्यसले त्यहाँ उपस्थित सबै मानिसहरुलाई अचम्ममा पारेको छ ।
ओमानको सडकमा हिँडिरहेको मानिसहरु कुकुरले मुखले च्यापेर नवजात शिशुलाई ल्याएको देखेर अचम्ममा परे । फोटो हेर्दा अनुमान गर्न सकिन्छ कि उक्त बच्चा जन्मिएको केही क्षण पछि नै डस्टबिनमा फ्याँकिएको थियो।
कुकुरले यस्तो काम गर्यो, जसमा कसैले विश्वास गर्न सकेनन्ः
त्यहाँ उपस्थित मानिसहरुले कुकुरले बच्चालाई खाइदिने सोचेका थिए । सडकमा यताउती घुम्ने कुकुर निकै भोको थियो तर उक्त कुकुरले बच्चालाई हानी हुने केही काम गरेन । कुकुरले निकै सावधानीपूर्वक बच्चालाई मुखमा च्यापेको थियो र सडकको किनारमा पुर्यायो । सडकको किनारामा रहेको एक घर बाहिर बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । आखिर यस्तो गर्नुको उद्देश्य के हुन सक्ला ?
बच्चालाई बचाउन चाहन्थ्यो कुकुरः
कुकुरको आवाज सुनेर घरका मालिकले ढोका खेले र बच्चालाई उठाए । वास्तवमा कुकुरले बच्चालाई सुरक्षित हातमा राखिदिन चाहन्थ्यो त्यसकारण फाहोरबाट निकालेर अलि परको घरबाहिर राखिदियो ।
यद्यपी, यो खबर वास्तविक हो होइन भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैन । फोटोसहितको उक्त समाचार साउदी अरेबियामा निकै चर्चित भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment