अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको र अमेरिकाले आजै युएसएस मिचिगन पनडुब्बी दक्षिण कोरियाको तटमा उतारेसंगै सेनाको वार्षिकोत्सव मनाउन उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा आजै छलफल गर्दैछन्।
उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्ने डर यो हप्ता विश्वव्यापी छाएको छ।
दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको अनुसार ‘लाइभ फायर’ अभ्यासको लागि उत्तर कोरियाले ठूलो सङ्ख्यामा लामो दुरीका आर्टिलरी युनिट आफ्नो पूर्वी तट स्थित वोनसन क्षेत्रमा तैनाथ गरेको छ।
यो अभ्यासमा उत्तर कोरियाली शासक किम जोङ उन सहभागी हुने बताइएको छ।
दक्षिण कोरियाका रक्षा मन्त्रीले भने यो रिपोर्ट तत्काल पुष्टि गर्न नसक्ने बताएका छन। उनले आफ्नो सेनाले उत्तर कोरियाको वनसन इलाकाको गतिविधि नियालिरहेको र सेना तयारी अवस्थामा राखिएको बताएका छन्।
उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो सेनाको शक्तिमा कुनै सिमा नभएको बताउँदै सबमरिनबाट लञ्च गरिने मिसाइल र परमाणु बमले सुसज्जित भएको बताएको छ।
यता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु आक्रमण गरेपनि त्यसलाई रोक्ने प्रण गरेका छन् भने सैन्य आक्रमण सहित सबै बाटो अमेरिकासंग खुल्ला रहेको बताएका छन्।
जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ परमाणु दूत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ।
उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाइएको छ।’
उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भागलिनेछन्।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।
0 comments:
Post a Comment