पत्रकारहरूको प्रश्नको जवाफ दिदैं पाटेकरले भने ‘मलाई लाग्छ कि पाकिस्तान, कलाकार यो पछिको कुरा हो, पहिले मेरो देश । देशको अगाडि म कसैलाई चिन्दिन र चिन्न पनि चाहन्न ।’ उनले थपे ‘ हामी कलाकार देशका अगाडि किराफट्याङ्ग्रा सरह, कत्ति पनि छैनौं । हाम्रो मूल्य केही छैन, पहिले देश हो ।’
पाकिस्तानी कलाकारको विवादमा बलिउडमा राय फरक– फरक रहेको भन्ने विषयमा सोधिएको प्रश्नमा पाटेकरले भने ‘बलिउड के भन्छ मलाई थाहा छैन । मैले साढे दुई वर्ष सैनिक सेवामा विताएकाले मलाई थाहा छ, हाम्रा सैनिक जवानभन्दा हिरो संसारमा कोही छैन र हुन सक्दैन ।’
उनले भने ‘असली हिरो सैनिक जवान हुन् । हामी त सामान्य मान्छे हौं । हामी जे बोल्छौ त्यसलाई ध्यान नदेऊ ।’ पाटेकरले पत्रकारहरूलाई भने ‘तपाईहरूले बुझ्नु भयो होला म कसको बारेमा कुरा गर्दै छु । हामी जो प्यार्–प्यार् बोल्छौं, त्यता ध्यान नदेउ । त्यति महत्व नदेउ त्यसलाई, त्यति महत्व दिने हैसियत छैन उसको ।’ उरीमा भएको आतंककारी आक्रमण र भारतीय सेनाले गरेको सर्जिकल स्ट्रइकका कारण दुवै देशबीच तनाव बढेको छ । पाकिस्तानमा भारतीय सिनेमालाई प्रतिवन्ध लाइएको छ । भारतमा पनि पाकिस्तानी कलाकारलाई देश छाड्न आदेश दिइएको छ ।
0 comments:
Post a Comment