हरेक प्राणीको जीवनलाई सार्थक बनाउन यौन अनिवार्य हुन्छ । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक मानिस तथा प्राणीका लागि महत्वपूर्ण हुन्छ ।
समाज विश्वव्यापिकरणमा गए पनि यौनका विषयमा संकोच मान्ने गरिन्छ । यहाँ यौनका विषयमा केही तथ्यपूर्ण ज्ञान प्रस्तुत गरिएको छ तपाइका लागि निकै उपयोगी बन्नसक्छ ।
एक कण्डम निर्माता कम्पनी डयुरेक्सले गरेको सर्वेक्षणका अनुसार एक स्वस्थ मानिसले वर्षमा औषत १०३ पटक, हप्तामा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाईको जिवनमा यौनलाई सही ढङ्गबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा हुने गर्दछ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र शरीरमा उर्जा समेत प्रदान गर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको शरीरको सुंगठनसँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय भने १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानीपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका क्रममा स्त्री र पुरुष दुबैजनाले एक दोश्रोको शरीरलाई मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । तर यौनांगको स्पर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाई छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोच्ने गरेको देखिएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गरेको अध्ययनले प्रस्तुत गरेको छ ।
0 comments:
Post a Comment