Saturday, September 2, 2017

दिनदिनै श्रीमानले अप्राकृतिक सम्भोग गर्न थालेपछी ब्यथा पोख्दै युवती

News Update | 7:22 PM |



जोगेश्वरी नामकी महिला भागेर भारतको मुम्बई पुगेकी छिन् । मुम्बईमा उनको माइती घर छ तर, उनी माइतीघर नगएर सिधै अम्बोली पुलिस स्टेशनमा आफ्ना श्रीमान अमजद जिवानीविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।

उनले आफ्नो उजुरीमा श्रीमानले दिनदिनै बलात्कार (इच्छा नहुँदा नहुँदै जबरजस्ती यौनसम्पर्क) गर्थे र अप्राकृतिक यौनसम्पर्क राख्न बाध्य पार्थे’ भनेर उल्लेख गरेकी छिन् । जसका कारण उनी स्पाइनको विरामी भइन् । र कैयौपटक अस्पतालमा भर्ना हुनुपर्यो ।

पीडित महिला अहिले विमिंज शेल्टरमा आश्रय लिएर बसिरहेकी छिन् । उनले आफ्ना माइतीलाई सहयोग मागिनन् किनकि उनका आमाबुवाले उनलाई आफ्ना सासु ससुरा वा श्रीमानलाई निराश गरेमा मारिदिने धम्की दिएका थिए ।

मुम्बई मिररका सम्वाददातासँगको कुराकानीमा जोगेश्वरी भनिन्– ‘मे २०१४ मेरो इंगेजमेन्ट अमनदसँग भएको थियो । उनी सधै सेक्स र अन्य विषयमा लज्जास्पद कुरा गर्थे । यसकारण मैले इंगेजमेन्ट तोड्ने निर्णय गरे । तर, उनका अभिभावकले मेरा आमाबुवासँग विहेपछि सुध्रिने भनेर विहेका लागि मनाए । त्यसपछि गत वर्षको जनवरीमा हाम्रो विहे भयो । त्यही रातमा (सुहागरात) उनले मेरो कैयौपटक बलात्कार गरे । उनी सेक्शुअल सप्लिमेन्ट्स र स्प्रे प्रयोग गर्थे । जब मैले त्यस्तो नगर्नुस्, दुख्छ भन्दा मान्दैनथे । म पीडा सहन बाध्य हुन्थे ।’

यो पीडा सहन नसकेर उनी त्यसको केही दिनमै एक्लै माइतीघर फर्किइन् । तर, उनका पिता र सौतेनी आमाले उनको एउटा कुरा पनि सुनेनन् । आफ्नो ‘इज्जत’ जोगाउन भन्दै उनलाई आफ्नै श्रीमानको घर फर्किन भने । उनीहरुले पीडामा परेकी आफ्नै छोरीलाई समाजमा रहेको आफ्नो इज्जतमा कुनै दाग लगाउने काम नगर्न चेतावनी पनि दिए । उनीहरुले जोगेश्वरीलाई श्रीमानसँग जीवन काट्नु तिम्रो कर्तव्य हो भनेर फर्काउन खोजे । तर, उनी मानिन् आमाबुवालाई फकाउन खोजिन् । त्यसपछि जोगेश्वरीलाई उनका आमाबुवाले आफ्नो इज्जत बचाउन मारिदिने धम्कीसम्म दिए ।

पीडक श्रीमान अमजद पेशाले सिभिल इन्जिनियर हुन् र उनी ओमाको एक पेट्रोलियम कम्पनीमा जागिर गर्छन् । पीडित महिलाले आफ्नो वयानमा श्रीमान अमजदले खराब स्वास्थ्य (विरामी) हुँदा पनि मानसिक यातना र यौन शोषणा गरेको भनेकी छिन् । उनलाई स्लिप डिस्कको प्रोबल्म पनि भएको थियो र डाक्टरहरुले फिजिकल स्ट्रेस लिनका लागि मनाही गरेका थिए । आफताब सिद्दीका नामका एक सामाजिक कार्यकर्ताले जोगेश्वरीको उद्दार गरेका थिए । उनी भन्छन्– उनका श्रीमान उनलाई कुनै छिमेकीसँग कुरा गर्न दिँदैनथे र बाहिर जान पनि दिँदैनथे । उनी कामको सिलसिलामा दुई तीन दिनसम्म बाहिर रहन्थे र फेरि फर्किएर श्रीमतीलाई टर्चर दिन सुरु गर्थे । डाक्टरहरुले जोगेश्वरीलाई बोझ (शारीरिक मानसिक यातना) नउठाउन सल्लाह दिएका थिए । तर, फेरि पनि उनका श्रीमान जबरजस्ती गर्थे र भन्थे– ‘श्रीमती विरामी भइ भन्दै म आफ्नो यौन इच्छा किन दबाउने ।’

मुम्बईको अम्बोली पुलिसले पहिला दाइजो र उत्पीडन मुद्दा दर्ता गरेको थियो तर, मेडिकल रिपोर्ट आएपछि आफताबविरुद्ध आईपीसी धारा ३७७ (अप्राकृतिक सेक्स) अन्तर्गत मुद्दा दर्ता गराएको छ । पीडित महिला अहिले जागिर खोजिरहेकी छिन् र नयाँ जीवन जिउन चाहन्छिन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger