Monday, April 3, 2017

धुर्मुस-सुन्तलीलाई नागरिक सम्मान (सेयर गरौँ)

News Update | 1:02 AM |


दमक : हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिने भएको छ । समाज परिवर्तनका लागि विशिष्ट योगदान पुर्याउने झापाका उत्कृष्ट व्यक्तित्वमा धुर्मुस र सुन्तली परेका हुन् । २०५२ सालदेखि वीरता जेसिजले प्रत्येक वर्ष झापामा नागरिक सम्मान गर्दै आएको छ । समाजका लागि योगदान पुर्याएको भन्दै दुवै जनालाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान दिन लागेको नागरिक सम्मान समारोहका संयोजक विनोद बस्नेतले जानकारी दिए।
धुर्मस-सुन्तली फाउन्डेसनले भूकम्पपीडित असहाय गरिबको घर निर्माणमा अनुकरणीय काम गर्दै आएको हुनाले उक्त अभियानमा आम झापालीको तर्फबाट पनि सहयोग पुर्याउन उत्कृष्ट नागरिकका रूपमा उनीहरूलाई सम्मान गर्न लागिएको वीरता जेसिजका अध्यक्ष सञ्जु भारतीले बताए । साथै उनीहरूको फाउन्डेसनका लागि १० लाख रुपैयाँभन्दा बढी रकम सहयोग जुटाउने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।
सम्मानसँगै उनीहरूको अभियानमा झापावासीका तर्फबाट सघाउन रकम जुटन थालेको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याति कमाउनुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा अनुकरणीय योगदान गरेबापत धुर्मुस र सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसँगै अभियानका लागि धमाधम रकम जुटिरहेको अध्यक्ष भारतीले जानकारी दिए ।
वैशाख ३ गते बिर्तामोडमा विशेष कार्यक्रमबीच उनीहरूलाई उत्कृष्ट नागरिक सम्मान र नगद प्रदान गर्न लागिएको हो । आयोजक समितिसहित झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्थाका प्रतिनिधिहरूको बिर्तामोडमा बसेको बैठकले झापालीका तर्फबाट अधिकतम आर्थिक सहयोग जुटाउने निर्णय गरेको वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।
मानवीय सेवामा झापालीको योगदान समर्पित गर्न उक्त कार्यक्रममा प्रदान गरिने रकम सहयोग गर्नका लागि सबै दातामा वीरता जेसिजले आह्वानसमेत गरेको छ । दाताहरूले वीरता जेसिजको संयोजनमा उक्त रकम सोझै कार्यक्रममा उपस्थित भएर धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गर्नसक्ने तथा उनीहरूको फाउन्डेसनमा नाम पठाउन सकिने व्यवस्था मिलाएको बताइएको छ । वीरता जेसिज र भूतपूर्व अध्यक्षहरूको अगुवाइमा हरेक वर्ष एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गरिँदै आएको छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger