– सिनामंगलमा पुगेर दीपक कार्कीलाई फोन गरेँ ।
‘सिनामंगल चोकबाट एयरपोर्ट जाने बाटोको अलि अगाडिबाट तलतिर झर्नु, त्यहाँ हाम्रो अफिसको बोर्ड देखिन्छ दोस्रो तलामा आउनु ।’ -फोनबाट निर्देशन आयो ।
उक्त अफिसको पहिलो तलामा मिमोसा म्यानपावर कम्पनी रहेछ । म सरासर माथि चढेको देखेर त्यो म्यानपावरको कर्मचारीले रुखो आवाजमा भने, – ‘कहाँ जान लागेको ?’
मैलै छोटो उत्तर दिए – ‘ दीपक सरको अफिस ’
फेरि पनि उस्तै रुखो स्वरमा उनले भने, – ‘सोधी खोजी नगरी सिधै जाने हो । सोध्नुपर्छ नी ? ’
म केही नबोली सरासर माथि दीपक कार्कीको अफिसमा गएँ ।
कार्कीको अफिसमा एकजना महिला बसिरहकी थिइन । ल्यापटप चलाइरेकी उनले ल्यापटप चलाउन छोडेर अगाडि बस्न आग्रह गरिन् । कोठा साधारण थियो । भित्ताको रंगहरु खुइलिइसकेको फुस्रा देखिन्थे । बस्ने सोफाका कभरहरु ठाउँ-ठाउँमा च्यातिएर झुत्रो भएको थियो ।
ती महिलाले सोधिन्, – ‘के को लागि आउनु भएको ? मैले भने ‘बिदेस जान बुझ्न आएको । ’
ती महिलाले भनिन्,- ‘भाइ यहाँ त टिकट काट्ने मात्रै काम हुन्छ । ट्राभल्स कम्पनी हो ।’ उनले त्यो अड्डाको देखाउने दाँत मुस्कान दिएर देखाइन् ।
0 comments:
Post a Comment